गच्छदारको नियुक्तिसँगै कांग्रेसमा आन्तरिक शक्ति संघर्ष चर्किदैं, पौडेल समुहको बैठक सुजाता निवासमा

सोमवार, कार्तिक २६, २०७५



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले  उपसभापतिमा विजय कुमार गच्छदारलाई नियुक्त गरेसँगै कांग्रेस भित्र आन्तरिक द्वन्द चर्किदै  छ । कांग्रेसमा अहिले विभिन्न गुटउपगुट देखा परेका छन् । सभापति शेर बहादुर देउवाले कांग्रेस उप सभापतिमा विजय कुमार गच्छदारलाई नियुक्ति गरेसँगै असन्तुष्ट पक्षले खुलेरै देउवाको आलोचना गरिरहेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले  देउवा निर्णयकाे विरोधमा सोमबार सुजाता निवास खुमलटारमा छुट्टै बैठक बसिरहेको छ । बैठकमा पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, डा शेखर कोइराला र सुजाता कोइराला सहभागी रहेकाे स्राेतले जनाएकाे छ । बैठक अागामी महाधिबेशन लक्षित रहेकाे जनाइएकाे छ ।

242 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank