कांग्रेस उपसभापतिमा गच्छेदार मनोनित , महासमिति बैठक मंसिर २८ बाट

मङ्लबार, कार्तिक २०, २०७५



काठमाडौं । नेपाली कांग्रेस कार्यसमितिको बैठकबाट उपसभापतिमा विजय कुमार गच्छेदारलाई नियुक्त गरेको छ । मंगलबार बसेको बैठकबाट पार्टी सभापति शेरबहादुर देउवाले गच्छेदारलाई उपसभापतिमा मनोनित गरेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार,मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्मका लागि सारिएको बताए। बैठक काठमाडौंमा नै हुने भएको छ ।

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank