कार्यकर्ता हत्याको विरोधमा कांग्रेसद्वारा सर्लाही बन्द

आइतवार, कार्तिक १८, २०७५



काठमाडौं । यहि कार्तिक १३ गते रामनगर बहुर्वा-४ मा नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि हत्यारालाई कार्बाहीको माग गर्दै नेपाली कांग्रेसले सर्लाही बन्द गरेका छन् ।

कांग्रेसले आइतबार कार्यकर्ता हत्याको विरोधमा सर्लाही सदरमुकामसहित मुख्य व्यापारी केन्द्रको बजार बन्द गराएको छ । कांग्रेस कार्यकर्ताले विहान देखी चोक चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले हत्यारालाई कार्बाही नहुँदा सम्म शब नउठाउने कांग्रेस नेता अम्रेशकुमार सिहले जानकारी दिए ।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank