नेपाली कांग्रेसको चियापान सुरु एकलाख लाई निमन्त्रणा

शुक्रबार, कार्तिक १६, २०७५



काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको चियापान पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएकाे छ ।  विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी केन्द्रिय कार्यालय  सानेपामा सुरु भएको हाे ।

नेपाली कांग्रेसको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा एक लाख मानिसलार्इ आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ । आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिह, कोषाध्यक्ष सितादेवि यादब लगायतले स्वागत गरिरहेका छन्।

कांग्रेसको चियापान साँझ ५ बजे सम्म जारी रहने काँग्रेसले जनाएको छ । चियापान केन्द्रीय कार्यालय सहित ७७ वटै जिल्लाका पार्टी कार्यालयमा समेत चलिरहेको कांग्रेसले जनाएको छ । चियापानकाे सुरुवात कांग्रेस नेता वीपी काेइरालाले गरेका थिए ।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank