प्रतिपक्ष हुँदा पनि कांग्रेस पुरानै लतमा

बिहिबार, साउन १७, २०७५



काठमाडौं । सरकारमा हुँदा आलोचित र अलोकप्रिय भएकाले कांग्रेस प्रतिपक्षमा पुगेको छ । तर, प्रतिपक्ष हुँदा पनि उसको लत सुध्रिएको छैन । एसएलसीको सर्टिफिकेटसमेत नक्कली भएको भनेर आलोचित र राज्यको ढुकुटी गुम्ने आदेश दिएको भनेर विवादित दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन कांग्रेसले जोडबल गरिरहेको छ । यस्तो विषयमा सत्तापक्षले जोड गर्दा प्रतिपक्षले विरोध गर्नुपर्ने हो । तर, संसदीय सुनुवाइ समितिका १५ मध्ये चार सदस्यलाई अघि सारेर पार्टी नेतृत्वले थप अलोकप्रिय कदम अघि बढाएको छ ।

प्रधानन्यायाधीशमा जोशीलाई अनुमोदन गराउन प्रतिपक्षी नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरेका थिए । प्रधानन्यायाधीशमा जोशी अनुपयुक्त पात्र हुन् भने प्रधानमन्त्री आफै अध्यक्ष भएको संवैधानिक परिषद्बाट किन सिफारिस गरेको भन्ने प्रश्न सोधेका थिए । तर, ओलीको जवाफ थियो, ‘संवैधानिक परिषद्ले सिफारिस ग¥यो, तर अनुमोदन गर्ने अधिकार संसदीय समितिको हो । संसदीय समितिलाई हामीले निर्देशन दिन सकिँदैन ।’

ओलीको स्पष्ट जवाफपछि पनि कांग्रेसले आफ्नो धारणा बनाउन नै लामो समय लियो । अन्ततः बैठकअघि बुधबार आएर जोशीको नाम अस्वीकृत हुने भए सुनुवाइ समितिको बैठक नै बहिष्कार गर्ने अडान लियो । यसरी कांग्रेसले बरु बैठक छाड्ने, तर जोशीलाई नछाड्ने नीति लिएको छ । नयाँपत्रिकाबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank