झण्डा बोकेरै कांग्रेसको आन्दोलनमा शिक्षक

बुधबार, साउन १६, २०७५



बाजुरा । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार विरुद्ध निकालेको विरोध जुलुसमा शिक्षकहरुले साथ दिएका छन् । पठन पाठन कार्य छोडेर शिक्षकहरुले झण्डा बोकेरै कांग्रेसको आन्दोलनलाई साथ दिएका हुन् ।

मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा कांग्रेसको आन्दोलनमा शिक्षक र केही कर्मचारी समेत सहभागि भएको दृश्य देखिएका छन् । हातमा झण्डा नै बोकेर नारा बाजी गर्दै शिक्षक चक्र थापा, प्रभुराज न्यौपाने लगायतले आन्दोलनलाई साथ दिएका छन् ।

कांग्रेसका नेता कार्यकर्तासँगै उनीहरुले हातमा झण्डा सहीत नारा बाजीका साथ सरकारको विरोध गरेका छन् । राज्यको कर्मचारी भएर पेशागत मर्यादाको समेत सामान्य ख्याल नराखी नेताकै शैलीमा विरोध प्रर्दशनमा देखिएका हुन् ।

congr2

विरोध जुलुुसमा सहभागि प्रभुराज न्यौपाने त्रिभुवनेश्री मावि छतारा र चक्र थापा रत्न मावि कैलाशमाडौंमा कार्यरत छन् । राज्यको सेवा सुविधा लिईरहेका कुनैपनि क्षेत्रका कर्मचारीलाई सरकार विरुद्धको आन्दोलनमा सहभागि हुने र विरोध गर्न छुट छैन् । विद्यालयमा पठनपाठन गराउन छाेडेर काग्रेसकाे अान्दाेलनमा सहभागी भएपछि अभिभावकहरुले विराेध जनाएका छन्।

 

250 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank