पौडेल समूहको विरोध पछि कांग्रेस बैठक २१ गते सम्मका लागि स्थगित

सोमवार, बैशाख १७, २०७५



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी मनोनयन गर्ने तयारिका साथ सोमबार बस्ने भनिएको कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ।

सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनयमा एकलौटी ढंगबाट अघि बढेको भन्दै नेता रामचन्द्र पौडेलले बैठक स्थगित गर्न दवाव दिएपछि बैठक स्थगित भएको हो। पौडेलले बैठक रोकेर सहमति गर्न आग्रह गरेका गर्दै बैठक स्थगीत गर्न दवाव दिएका थिए।

सहमतिको प्रयास नगरी एकलौटी ढंगबाट अगाडि बढाए पदाधिकारी मनोनयनका लागि बोलाइएको बैठक बहिस्कार गर्ने पौडेल समूहको दवाव पछि बैंठक स्थगित भएको स्रोतले जनाएकाे छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थप छलफल गर्न भन्दै चार दिनका लागि बैठक स्थगित गरिएको जानकारी दिए। कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने प्रबक्ता शर्माले जनाए।

144 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank