कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली चयन

आइतवार, बैशाख १६, २०७५



काठमाडौं । नेपाली कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता चयन गरेको छ । प्रदेश ४ का सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेतामा चयन गरेको हो ।

लामो समयको आन्तरिक छलफलपछि कांग्रेसले दलको नेता चयन गरेको हो । दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको कांग्रेसले जनाएको छ ।
यस्तै दलको उपनेता मेखलाल श्रेष्ठ, सचिव ललितकला गुरुङ र कोषाध्यक्ष सरीता गुरुङ सर्वसम्मत चयन भएका छन् ।

87 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank