निश्कर्ष र निर्णयमा अल्झिदा कांग्रेस बैठक अनिश्चित

आइतवार, बैशाख १६, २०७५



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्न सकिरहेको छैन् । विहान ९ बजेृ बोलाइएको बैठक मध्याह्न १२ बजे सम्म पनि वस्ने सुरसारै छैन् । निश्कर्ष र निर्णयमा विवाद भएका कारण बैठक प्रभावित भएको हो ।

संस्थापन पक्षले निर्वाचनमा पराजयको जिम्मेवारी संसदीय बोर्डका सवै सदस्यले लिनुपर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडान राखेपछि वैठक निश्कर्षमा पुग्न सकेको छैन् ।

सहमतिका लागि देउवा, पौडेल सहितका शीर्ष नेताहरु छलफलमा छन् ।

157 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank