कांग्रेसको बैठकमा केन्द्रिय सदस्यहरुको बोल्ने पालो सकियो, अब पदाधिकारीहरुले जवाफ दिने

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । गत चैत्र ९ गते देखि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूको बोल्ने पालो सकिएको छ ।
अब बैठकमा आजै पदाधिकारीले जवाफ दिने कार्यक्रम छ।

अन्तिममा केन्द्रीय सदस्य रामचन्द्र पौडेलले आफ्ना धारणा राखेका थिए । कांग्रेस वैठकमा उठेका प्रश्नहरुको महामन्त्री र सभापतिले  प्रश्नको जवाफ दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बिहीबार ३ घन्टाभन्दा लगातार बोलेर पनि आफ्नो धारणा नसिध्याएका विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले आज थप १ घन्टा १५ मिनेट बोलेका थिए। उनले पार्टी एकीकरण गर्दा भएका सम्झौताहरूलाई लागू गर्न जोड दिएका कांग्रेसले जनाएकाो छ ।  वैठक आजै सकिने सम्भावना रहेको कांग्रेसले जनाएको छ ।

55 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank