काग्रेसको छाया सरकार अध्यक्षमा ओली

बुधबार, बैशाख १२, २०७५



रुकुम । नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । कांग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको कांग्रेस रुकुमले जानकारी दिएको छ ।

जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए।

जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उनको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने कांग्रेसको तयारी छ ।

280 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank