पूर्वगृहमन्त्री खड्काको शोकमा ५ दिन पार्टी कार्यालय बन्द

आइतवार, चैत्र १८, २०७४



काठमाडाै‌ । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनको शोकमा ५ दिन पार्टी कार्यालय बन्द गर्ने भएको छ ।
आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले खड्काको शोकमा देशभरीका पार्टी कार्यालयहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ ।

खडको निधनले कांग्रेसले ठुलो क्षति भोग्नु परेको भन्दै बैठकले ७ दिन पार्टीको झण्डा झुकाउनुका साथै १३ दिनको पुण्यतिथिमा देशैभरी श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको केन्द्रीय कांग्रेसले जनाएको छ । खड्काको चैत १६ गते बेलुकी सवा ५ बजे भारतको नयाँ दिल्लीस्थित अल ईन्डिया मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

उनको पार्थिब शरिर शनिवार राती नेपाल ल्याइएको थियो । उनको आजै दाहसंस्कार गरिने जनाएको छ ।

222 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank