कांग्रेस बैठक जारी, नेताहरू दुई धारमा विभाजित

बिहिबार, चैत्र १५, २०७४



काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नेताहरूले धारणा राखिरहेका छन् ।

बैठकमा चुनावी समीक्षा, पार्टी संगठन सुढृढीकरण र सत्तामा हुँदा गरेका काम कारवाहीको बारेमा समीक्षा भइरहेको कांग्रेसले जनाएको छ । बैठकमा संस्थापन पक्ष र रामचन्द्र पौडेल पक्ष खुलेरै दुई खेमामा देखिएका छन् । पौडेल पक्षले पार्टी पराजयको सम्पूर्ण जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताइरहेको छ भने संस्थापन पक्षले जस, अपजस सवैले लिनुपर्ने तर्क गरिरहेका छन् ।

पौडेल पक्षका नेताहरूले सभापतिले पार्टी संगठन बिधि विधान विपरित एकतर्फी ढङगबाट चलाएको आरोप लगाएका छन् । उनीहरुले कांगे्रसले बिशेष महाधिबेसनको समेत माग गरेका छन् । देउवा पक्षका नेताहरूले भने पार्टी लोकतान्त्रिक पद्दतिबाट अघि बढेको दावी गरेका छन् ।

268 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank