ईयूको प्रतिवेदन प्रति कांग्रेसको आपत्ती
सोमवार, चैत्र १२, २०७४

काठमाडौं । ईयूको प्रतिवेदन प्रति नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अधिंकास नेताहरुले ईयुको निर्वाचन प्रतिवेदनप्रति आपत्ति जनाएका छन् ।
कांग्रेस नेताहरुले नेपालको निर्वाचन पद्दति युरोपियन देशहरूको भन्दा विशिष्ठ रहेको भन्दै इयुको प्रतिवेदनको विरोध गरेका छन् । बैठकमा इयूको विषयले बढी प्राथमिकता पाएको कांग्रेसका एक नेताले जानकारी दिए ।
काँग्रेस प्रजातान्त्रिकसँग पार्टी एकीकरण गर्दा गोपालमान श्रेष्ठको हैसियत उपसभापतिको जिम्मेवारीमा रहेकोले श्रेष्ठलाई सोही अनुरूप मर्यादाक्रम निर्धारण गरिएको छ।
आजको बैठकमा रमेश लेखक,गोविन्द भट्टराई , डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका छन् ।
95 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments