कांग्रेस झन विवदमा फस्दै, एकले अर्कोलाई ‘अपमानित’ गर्ने रणनीति

शनिबार, चैत्र १०, २०७४



काठमाडौं । नेपाली कांग्रेस झन गुटगत विवादमा फसेको छ । जारी केन्द्रीय समितिको बैठकमा एउटा समहुको अर्कोलाई ‘अपमानित’ गर्ने रणनीतिमा लागेपछि कांग्रेस झन विवादमा फस्दै गएको छ । बैठकमा सस्थापन पक्षमा तर्फबाट शेरबहादुर देउवाको प्रस्ताव विरुद्ध कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको अर्को काउन्टर प्रस्ताव पेश भएपछि विवाद झन बढेको छ ।

पौडेल समुहका तर्फबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेका अलग–अलग प्रस्ताव पेश गरेका छन् । आज देउवाको प्रस्तावको पक्ष र विपक्षमा मतसहित नेताहरुले धारणा राख्नेछन् । बैठकमा कांग्रेसलाई कसरी राम्रो बनाउनेमा भन्दा को समुह राम्रोमा छलफल हुन थालेको एक नेताले नेपालपाटीलाई बताए । निर्वाचनमा पार्टी पराजित भएपछि चर्किएको अन्तरकलह अहिले दुई ध्रुवमा केन्द्रित छ र यो आगामी महाधिवेशनसम्मै पुग्ने देखिन्छ । बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालनमा ‘अलोकप्रिय’ बनेकै मौकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह थप संगठित बन्दै उनीविरुद्ध उत्रिएको छ । देउवाविरुद्धको सशक्त मोर्चा बनाउने अभियानमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत पौडेलसँग जोडिन आइपुगेपछि देउवा विरुद्ध मोर्चाबन्दी बनेको छ । तर पार्टीमा देउवाको पटक भने खुस्किएको छैन । पहिलो बैठकमा धेरैले पछि बोल्ने भनेकाले शुक्रबार हिजो सिंह, सिटौला र नारायण खडकाले मात्रै बोलेका थिए । करिब २० युवा केन्द्रीय सदस्यले लिखित साझा धारणा राख्ने तयारी गरेका छन् ।

88 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank