कांग्रेस मुख्य सचेतकमा खाण

बुधबार, चैत्र ७, २०७४



काठमाडौं । कांग्रेस प्रतिनिधिसभा संसदीय दलको मुख्य सचेतकमा बालकृष्ण खाण नियुक्त भएका छन् । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद एवं कांग्रेस केन्द्रीय सदस्य खाणलाई मंगलबार मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

संस्थापन निकटका खाण समानुपातिकबाट सांसद भएका हुन् ।  खाणले अब संसदीय दललाई थप बनाएर सशक्त प्रतिपक्षी दलको लागि भूमिका खेल्ने जानकारी दिए । सभापति देउवा २६ फागुनमा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । सोही दिन उनले दलको

उपनेतामा विजयकुमार गच्छदारलाई चयन गरेका थिए । अब सचेतक, दलको कार्यसमिति चयन गर्न बाँकी छ ।

200 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank