स्नान र पूजापाठमा व्यस्त कमरेड प्रचण्ड !

नेपालपाटी टिप्पणी

बुधबार, कार्तिक २८, २०७५

- भूपेन्द्र शाह



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय नितान्त व्यक्तिगत काममा व्यस्त देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको दुई तिहाईको सरकारले उपलब्धीमूलक काम नगरेको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डका दुई वटा तस्वीर सामाजिक संञ्जालमा भाइरल बन्दै गइरहेका छन् ।

गत सोमबार अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहमा नेपाली सेनाको हेलिकप्टर मार्फत सपरिवार म्याग्दीकोे तातोपानी नाकामा नुहाउन गएका थिए । उनी सँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जीवन संगिनी नैनिकला थापा लगाएतको जम्बो टोली तातोपानी नाका पुगेर स्नान गरेका तस्वीरहरु समाजिक संञ्जालमा देखा परे ।

त्यस्तै आफूलाई धर्म कर्ममा विश्वास नराख्ने र भौतिकवादी नास्तिक हुँ भन्ने कमरेड दाहाल पछिल्लो समय गलेश्वरको भक्तिपुजा गर्ने अबस्थामा पुगेका तस्वीरहरु सामाजिक संञ्जालमा देखा पर्दा नेकपाका कार्यकर्ताहरु शब्द विहिन बन्दैछन् । विगत लामोसमय देखी नेकपाको सरकार र पार्टीले उचित गति लिन नसकेको अबस्थामा कमरेड प्रचण्डको व्यक्तिगत भ्रमणले बहुमुल्य समय नष्ट गरिरहेको जानकार बताउँछन् ।

पूर्व एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पछि स्थानिय तहसम्म अस्तव्यस्त बनाइएको पार्टी संगठनलाई छिटो भन्दा छिटो उर्जा भर्दै वाम सरकारलाई जनताको पक्षमा परिणाम मुखी बनाउन छोडेर अनुपयूक्त काममा अल्झिने काइदालाई कार्यकर्ता र सर्वसाधरणले नमिठो मान्दै आलोचना गर्न बाध्य भएका छन् ।

1560 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank