२० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

बुधबार, जेष्ठ ३०, २०७५



बिर्तामोड । वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (बीईएफ) को सहकार्यमा विपन्न परिवारका २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा बुधबारबाट शुरु भएको छ ।

वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले बुधबार संयुक्तरुपमा बिर्तामोडमा गरेको समारोहकाबीच प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रव कुमार शिवाकोटीले निःशुल्क कम्प्युटर शिक्षा कक्षाको उद्घाटन गरे । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा वक्ताले कम्प्युटर शिक्षाको महत्वमा जोड दिँदै दीगो विकासको लक्ष्य प्राप्तिमा वीरता जेसीज र बीईएफको अभियानले टेवा पुग्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका शिवाकोटीले जेसीज र बीईएफको अगुवाईमा उदाहरणीय काम भएको चर्चा गर्दै अवसरलाई सदुपयोग गर्न छनौट भएका विद्यार्थीलाई आग्रह गरे ।

वीरता जेसीज र बीईएफबीच सहकार्यको सम्झौतापछि सार्वजनिक रुपमा सूचना आह्वान गरेर आवेदन गर्नेमध्येबाट २० जनालाई निःशुल्क कम्प्युटर शिक्षाका लागि छनौट गरिएको हो । बिर्तामोडको भद्रपुर रोडस्थित झापा सुपरमार्केटमा रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनमा बुधबारबाट नै छनौट भएका विद्यार्थीले कम्प्युटर शिक्षा लिन शुरु गरेका छन् । छनौटमा पर्नेहरुमा झापा, इलाम र पाँचथरका विपन्न तथा सिमान्तकृत परिवारका रहेका छन् । कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ कोर्ष मध्ये विद्यार्थीको रोजाईमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको हो । बीईएफका सञ्चालक तथा निर्देशक राज कार्कीले वीरता जेसीजसँग सहकार्य गरी सामाजिक क्षेत्रमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए । सन् १९८१मा स्थापित वीरता जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक र मानवीय सेवा क्षेत्रमा क्रियाशील छ । २०७३ साल फागुन २४ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइ विधिवत् सेवा शुरु गरेको बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ) अध्ययन, अनुसन्धान तथा परामर्श सेवाहरु, अन्य शैक्षिक सेवाहरुमा क्रियाशील छ ।

‘संयुक्त राष्ट्र संघले सन् २०३०को समय सीमा राखेर तय गरेको दीगो विकासको लक्ष्यहरु मध्ये चौथो नम्बरको लक्ष्यमा गुणस्तरीय शिक्षा पर्दछ, नेपालले पनि दीगो विकासको लक्ष्य प्राप्ति गर्न समतामूलक र गुणस्तरीय शिक्षामा जोड दिएको छ’– वीरता जेसीजका अध्यक्ष गिरीले भने– ‘यही विषय मनन गरी दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पु¥याउन सिपयुक्त प्राविधिक शिक्षाका लागि वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन )वीईएफ) बीच यसै बर्षबाट सहकार्यको शुरुवात जनाएकाे छ ।

 

188 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank