बालुवाटार जग्गा प्रकरण: अख्तियार थप तात्दै

बुधबार, भदौ १८, २०७६



काठमाडौं । बालुवाटार स्थित ललिता निवासको जग्गा अतिक्रमणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बन्दै गइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका ५८ जना भूमाफियालाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन पुर्जी काटेको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अघि उक्त प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि सूचना प्रकाशित गरिसकेको थियो ।

बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कर्मचारी समेतको मिलेमतोमा गैरकानूनी तरिकाले ब्यक्तिको नाममा गरेको घटना सार्वजनिक भएसँगै अख्तियारले केही महिनादेखि सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।

उक्त जग्गा प्रकरणमा सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेल सहितका व्यक्तिहरु समेत मुछिएका छन ।

अख्तियारले बाेलाएका ५८ जनाकाे नामावली सहित

lalita_niwas_prakaran_

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata