कोलम्बियाले दियो अर्जेन्टिनालाई झट्का

आइतवार, असार १, २०७६



एजेन्सी । कोपा अमेरिका कप फुटबलको पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ । ब्राजिलमा जारी  प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा कोलम्बियाले उपाधिको प्रवल दावेदार भनिएको अर्जेन्टिनालाई २–० गोलले हराएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा कोलम्बिया हावी भएको थियो । कोलम्बियाको जितमा जितमा रोजर मार्टिनेज र डुभान जापटाले गोल गरे । ७१औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाए । ८६औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित बनाएका थिए ।

बल नियन्त्रणमा पकट जमाएको  कप्तान लियोन मेस्सी प्रेरित अर्जेन्टिनाले गोल गर्न भने सकेन । अर्जेन्टिनालेखेलमा केहि  राम्रो अवसर खेर फालेको थियो । यस जितसँगै समूह ‘बी’ मा तीन अंक बनाएको कोलम्बिया क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata