कोलम्वियामा बाढी र पहिरोका कारण दुई सय ५० भन्दा बढीको मृत्यु

आइतवार, चैत्र २०, २०७३



काठमाडौं । कोलम्बियाको दक्षिण–पश्चिम इलाकामा भारी वर्षा र पहिरोका कारण दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ ।

रातभरी भएको भारी वर्षाका कारण नदिमा अत्यधिक बहावपछि किनारालाई तोडेर फोहोरसँगै पानी घर–घरभित्र छिरेको बताइएको छ ।colambiya-badhi

रेडक्रसका अनुसार पुटुमायो प्रान्तमा करिब २ सय २० जना हराइरहेका छन् र अन्य दुई सय २ जना घाइते भएका छन् । सेनाका एक अधिकारी अनुसार मुख्य अस्पतालमा यति धेरै भीड लागेको छ कि बिरामीहरुको चापलाई थेग्न हम्मेहम्मे भइरहेको बीबीसीले बताएको छ ।

राष्ट्रपति जुआन म्यान्युल सान्तोले राष्ट्रिय आपतकालिन राहत कार्यक्रमका अनुसार राहत र बचावका लागि सैनिकलाई तैनाथ गरिएको छ ।colambiya-badhi 4

रोयटर्स समाचार एजेन्सीका अनुसार ११ सयभन्दा बढि सैनिक र पुलिस अधिकारी राहतका लागि खटेका छन् ।

सरकारी मौसम विभागका अनुसार कोलम्बियामा मार्च महिनामा सबैभन्दा धेरै वर्षा हुने गर्दछ र यो सिलसिला सन् २०११ देखि जारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank