जाडाेकाे सकस बढी तरार्इलार्इ,जाडाेबारे यस्ताे भन्छ मौसम विभाग

आइतवार, पुस २३, २०७४

- नेपालपाटी



काठमाडाैं । तराईका जिल्लामा शीतलहरसँगै अत्यधिक जाडो बढेको छ । बुधबारदेखि ओरालो लागेको तापक्रम दिनप्रतिदिन घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शितलहर लागेको दिन न्युनतम तापक्रम सामान्य वृदि र अधितकतम तापक्रम उल्लेख्य रुपमा घटने हुन्छ । अाजभाेली तरार्इ क्षेत्रमा विशेषगरी बिहानीपख बाक्लाे हुस्सु लाग्ने र दिउँसाेपख घट्दै जाने क्रम चलिरहेकाे छ ।

बुधबार यता २ बजेपछि अलिअलि घाम देखिएपनि हुस्सुले आकाश ढाकेपछि चिसो अनुभव बढेको हो । जल तथा मौसम विज्ञान विभागले दिउँसोको अधिकतम तापक्रम दिउँसो मापन हुने भएकाले दिउँसोको तापक्रम घटेपछि बढी जाडो महसुस हुने जनाएको छ । जाडो बढेपछि दैनिक काम गरिखाने मजदुर सहित सर्बसाधारणलाई समस्या भएको छ ।

केहिदिन यता पश्चिमी तरार्इमा बाक्लाे हुस्सु कम हुँदै गएकाे र मध्य तरार्इमा बढेकाे जल तथा मौसम विज्ञान विभागले नेपालपाटी डटकमलार्इ जानकारी दिएकाे छ ।

जाडो छल्नका लागि आगो बाल्न समेत सरकारले त्यति पहल गरेकाे देखिदैन । केही ठाउँमा न्यानाे कपडा वितरण गर्ने,शुरक्षाकर्मीद्वारा चाेक,गाउँटाेलमा अागाे पनि बाल्ने गरेपनि विपन्न वर्ग अझै मारमा छन् । जाडाेकै कारण देशका विभिन्न भागमा मृत्यु हुनेकाे संख्या दर्जन पुग्नै थालेकाे छ । जाडाेकै कारण सबैभन्दा बढी पुर्वी तरार्इमा रहेकाे सिरहामा एकै दिन एक बालक, एक वृद्धसहित तीन जनाको मृत्यु भएको छ भने रौतहटमा पनि एक महिलाको मृत्यु भएको छ ।

जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरुलार्इ बढि समस्यामा परेको छ । चिसो बढेसँगै सर्वसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ ।

जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । यता, चिसोको कारण बिरामीहरुको संख्या बढेको अस्पतालका सञ्चालकहरुले बताएका छन् ।

तराईमा बर्षेनी हुने शितलहर, बाक्लो हुस्सु र बढदो चिसोले कठ्यांग्रिएर मान्छे मर्ने गरेकाे घटना नाैलाे रहेन तर पनि वर्षेनी धेरैले ज्यान गुमाउन बाध्य हुनु परेकाे छ । स्थानीय तहकाे निर्वाचन पश्चात जनताकाे अपेक्षा स्थानीय सरकारसँग नजिकिएकाे छ । स्थानीय सरकारले नजिकबाट जनताकाे समस्या नियाल्ने छ र समाधान गर्नेछ भन्ने अाशा निराशामा परिणत हुन थालेकाे छ ।

न्युन अायस्राेत भएका परिवार र दलित बस्तीका वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेकाे अवस्था छ ।

जल तथा मौसम विज्ञान विभाग के भन्छ ?

तराईका जिल्लामा शीतलहरसँगै अत्यधिक जाडो बढेको छ । बुधबारदेखि ओरालो लागेको तापक्रम दिनप्रतिदिन घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शनिबार न्युनतम तापक्रम १.६ डिग्री रहेकाे काठमाडाैंमा अार्इतबार अाउँदा न्युनतम तापक्रम सुन्य डिग्री मापन भएकाे छ । चिसाेकाे मध्यम समय भएकाले अवका दिनमा न्युनतम तापक्रम मार्इनसमा नजाने तर सुन्य डिग्रीकै पेरीफेरीमा बस्ने विभागकाे भनार्इ छ ।

पश्चिमी क्षेत्रबाट हुस्सु पुर्व तर्फ लागेकाले तरार्इबासीलार्इ केही दिन समस्या हुने विभागले जनाएकाे छ ।

कठिन परिस्थितिमा बढि काे ?

जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ । जाडोले किसानहरुलाई खेतमा काम गर्न कठिनाई भैरहेको छ भने ज्याला मजदुरी गर्ने श्रमिक र जागिर गर्ने कर्मचारीहरु समेतलाई चिसोले काम गर्न अप्ठयारो भएको बताएका छन् ।

बढ्दो जाडोका कारण किसानहरु कामधाम छोडी दिनभरि आगो ताप्नमा बिताउने गरेको पाइएको छ । जाडोले हात खुटा कठ्याङ्ग्रिएर काम गर्न अति नै कठिनाई भैरहेको अधिकांश किसान एवं श्रमिकहरु गाउँगाउँमा दाउराको आगोबाली आगो तापेर दिन बिताईरहेका छन् ।

9cd823d80f86e58632ed824f9f769de3

        अागाे ताप्दै सिरहाका स्थानिय : फार्इल तस्विर

तराई क्षेत्रमा तोरी काटने, गहुँको सिँचाई गर्ने, उखु काटने र तरकारी बालीका काम गर्ने सिजन रहेको बेला किसानहरु चिसोका कारण काम गर्न हिचकिचाई रहेको अवस्था छ । यस्तो चिसोमा पनि कति पय किसान एवं श्रमिकहरु छाक टार्न घर बाहिर काम बाध्य भएका छन् । जाडोले जिल्लाको मुसहर र दलित बस्तीहरुमा झनै समस्या तुल्याएको छ । छाप्रोको घरमा बस्ने गरिब तथा विपन्न परिवार छाँक टार्न यस्तो चिसामा कामकाज गरिरहेका छन् ।

जाडोले बुढापाका, बालबालिकाहरु झनै प्रभावित भैरहेका छन् । तिनलाई जाडो छल्न त न्यानो कपडा छ न त आगोकै व्यवस्था । जाडो छल्ने न्यानो कपडा, सिरक र आगोको व्यवस्था नभएका घरपरिवारका सदस्यहरु जाडोबाट प्रभावित भई विभिन्न रोगका सिकार बन्दै गएका छन् ।

अस्पतालमा बढदै छ, विरामीकाे चाप

जाडोले विरामी हुदै अस्पतालमा उपचारको गराउनको संख्या दिन प्रतिदिन बढदै गएको छ । विशेष गरि जाडोमा स्वास्स प्रस्वास, दम खोकी, रुघा खोकी, हाडजोर्नीको दुखाई, टाउको पेट दुखाई, बान्ता र ज्वरोका विरामीको चाप बढदै गएको अस्पताले बताएका छन् । चिकित्सकहरुले, जाडोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न, झोलिलो खानेकुरा तातो तातो खान, शरिरलाई जाडोले बचाउन सल्लाह दिएका छन् । तराइमा भएकाे यस शितलहर र हुस्सुले रूघाखाेकी तथा दमका विरामीलाइ गाह्राे हुनुका साथै उच्च रक्तचापका विरामीलाइ हृदयघात हुनसक्ने जाेखिम रहन्छ ।

उडान प्रभावित

बाक्लो हुस्सु र शीतलहर लागेका कारण तरार्इ धेरैजसाे विमान स्थलमा जहाजहरु अावतजावत गर्न सकेका छैनन् । बुधबारदेखि निरन्तर अाेरालाे लागेकाे तापक्रम र बाक्लाे हुस्सुले विमान स्थल खाली देखिएका छन् । आर्इतबार मौसम सुधार हुने सम्भावना रहेकाे भनिएपनि हुस्सु यथावत् रहेका कारण उडान नभएकाे विमान स्थलका अधिकारीहरुले जनाएका छन् । उडानहरु नहुँदा र्इमर्जेन्सी काम र विरामीहरु प्रभावित बनेका छन् ।

तोरीवाली प्रभावित

हुस्सु र शितलहरसँगै जाडो बढेपछि तरार्इमा तोरीवाली प्रभावित भएको छ । शितलहरका कारण किसानले लगाएको तोरीवालीमा डढुवा रोगको संक्रमण फैलीएको छ ।ताेरीकाे पराग प्रक्रियामा प्रत्यक्ष फार्इदा पुर्‍याउने माहुरी नअाउने समस्याले पनि ताेरी बाली थप प्रभावित बनेकाे छ ।

कसरी छल्ने जाडाे ?

यस माैसममा न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ । ताताेपानी, झाेल, गेडागुडी जस्ताे झाेलिलाे खाना खानुपर्छ । घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ । बन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सु-सूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउनुपर्छ ।

न्यानाे कपडा र दाउरा अागाे अभियान

जसरी नेपालमा भुकम्प,बाढी अाउँदाकाे वेलामा विभिन्न खाले सहयाेग गर्ने अभियान चले त्यस्तै गरी याे जाडाेमा अभियान चलाए जाडाे प्रभावितलार्इ निकै राहत हुने देखिन्छ ।

सावधानी

जाडाेकाे प्रभावबाट बच्नका लागि घरभित्र अागाे बालेर झ्यालढाेका थुनेर सुत्ने गरेकाे पनि पाइन्छ तर यसाे गर्नुहुदैन । बाहिरबाट अाउने हावा राेक्नुहुदैन । अागाे बाल्दा अक्सिजन नष्ट हुनेहुनाले हावा अाउने पर्याप्त खुला स्थान पनि हुनुपर्छ ।

339 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank