अघि बढ्यो सरकार-पछि हटे यातायत ब्यवसायी, आजबाट गाडी चल्ने

शनिबार, बैशाख २२, २०७५



काठमाडौं । सरकार आक्रमक भएपछि आजदेखि सबै गाडीहरु चल्ने भएका छन् । सरकारले आक्रमक भएर सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् । उनीहरुले गाडी चलाउने भएका छन् ।

पक्राउ परेको यातायात ब्यवसयीको रिहाईसँगै गाडी चल्ने निर्णय गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आज शनिबार देखि गाडी चल्ने बताएका छन । माग पुरा नभए २७ र २८ गते आन्दोलन गर्ने उनले बताए ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank