मौसम परिवर्तनको भयावह स्थिति : फिर्ता नहुने बिन्दु अब क्षितिज भन्दा माथि

सोमवार, मंसिर १६, २०७६



एजेन्सी । बढ्दो मौसम प्रतिकुलताका कारण विश्वमा यतिखेर संकटको स्थिति पैदा भएको छ । यस स्थितिलाई मध्यनजरमा राखेर  राजनीतिक नेताहरू र जलवायु कूटनीतिज्ञहरू दुई साताको वार्ताका लागि म्याड्रिडमा भेट्ने बीबीसीले जनाएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार मौसम परिवर्तनको यस  भयावह स्थिति  “फिर्ता नहुने बिन्दु अब क्षितिज भन्दा माथि नभएको बताए ।

यसैबीच, सेभ द चिल्ड्रेन भन्छन कि मौसमको यस अवस्थाले  अफ्रिकामा लाखौंलाई भोकमरीको सामना गर्नु परेको छ। सेभ त् चिल्ड्रेनले बताएअनुसार खडेरी र चक्रवातका कारण तीन करोड ३० लाख  मानिस खाद्यान्न असुरक्षाको आपतकालीन तहमा पुगेका छन् ।

विभिन्न राजनीतिज्ञहरूको उपस्थितिमा चिलीमा आयोजित हुने भनिएको  ‘सीओपी २५’ नामक  उक्त सम्मेलन पछिल्लो चिली आन्दोलनको कारण रद्द गरियो । यसपछि स्पेनले आयोजना गर्ने सम्मेलनमा २९,००० मानिस सहभागी भएका छन् ।

विश्वका प्रायः सबै देशहरूले पेरिसको मौसम सम्झौतामा हस्ताक्षर र अनुमोदन गरिसकेका छन् र सम्झौताको सर्तमा उनीहरूले २०२० को अन्त्य हुनु अघि नयाँ वातावरणीय प्रतिज्ञाहरूलाई टेबुलमा राख्नुपर्नेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata