डिल्ली बजार कारागारमा झडप , एक कैदीबन्दी घाइते

आइतवार, जेष्ठ ११, २०७७



काठमाडौं । डिल्ली बजार कारागारमा कैदीबन्दीबीच झडप भएकोछ ।  आइतबार भएको झडपमा परि एक कैदीबन्दी घाइते भएका छन ।

गोकुल गिरी र अन्य कैदीबीच झडप हुँदा समीर भन्ने शमशेर तामाङ घाइते भएका हुन् ।  महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार गिरीलाई चौकीदारबाट हटाउन माग गर्दै कैदीबन्दीहरु आन्दोलन गरेको बताएका छन ।

साथै गिरिले आर्थिक हिनामिना गरेको कैदीबन्दीको आरोप रहेको छ । गिरी रिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरण अभियोगमा अदालतबाट दोषी ठहर भई कारागार चलान भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments