सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक

बिहिबार, फाल्गुन ३०, २०७५



काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.चन्द्रकान्त राउत (सिके) ले स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आब्हान गरेका छन् ।

गत शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेका पृथकतावादी समुहका संयोजक राउतले बिहिबार ट्वीट गर्दै राष्ट्रिय परिषद् बैठक आब्हान गरेका हुन् । उनले राष्ट्रिय परिषद् बैठक आगामी चैत्र ४ र ५ गते जनकपुरमा बस्ने जनाएका छन् । सरकारसँग सहमति पश्चात राष्ट्रिय राजनीतिमा आउने अभिप्रायले बैठक आब्हान गरिएको जनाएको छ ।

उनले स्वतन्त्र मधेश गठबन्धनको ऐतिहासिक जित र बिजय भएको भन्दै बैठक आब्हान गरेको उल्लेख गरेका छन् ।बैठकमा आगामी रणनीतिका बारेमा छलफल हुने उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank