प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

बुधबार, फाल्गुन ३०, २०७४



न्याय परिषदका सचिवले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराउँदै पत्र पठाएका छन् । न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार दिउँसो पराजुलीका नाममा एक पत्र पठाउँदै उनी प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराएका हुन् ।

Bygpti_1न्याय परिषदका सचिव निरौलाले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन मन्त्रालयको नाममा बोधार्थ लेखेर प्रधान न्यायाधीशलाई पदमुक्त गरेको पत्र पठाएका हुन् । सचिव निरौलाले बुझाएको पत्रमा प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै अवकाश भइसकेको उल्लेख गरिएको छ ।

पराजुलीको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पुरा भइसकेको दाबी गरिएको भन्दै पत्रमा सचिवस्तरीय निर्णयबाट पराजुली पदमा नरहने जानकारी गराइएको छ ।

न्याय परिषद्ले एेन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणाले अवकाश हुने भएमा सो काे जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्ने छ भन्ने प्रावधान रहेको उल्लेख गर्दै उक्त जानकारी गराएको छ।
 
पत्र राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलाय, निजामति किताव खानालाई पठाइएको छ।
715 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank