गृहयुद्धको समयमा हारेको १४० वर्ष पुरानो पानी जहाज भेटियो

सोमवार, अशोज ६, २०७६



एजेन्सी । करिब १४० वर्ष(गृहयुद्धको समय) अघिदेखि लापता रहेको पानी जहाज भेटिएको छ । अमेरिकाको मिशिगनस्थित उत्तरी समुन्द्रमा सन् १८७८ मा बेपत्ता भएको पानी जहाज भेटिएको छ ।

विगत १० वर्षदेखि उक्त जहाजको खोजी कार्य हुँदै आएको गोताखोर तथा समुन्द्र इतिहासकार बर्नी हेलस्ट्रोमले जानकारी दिए । उनले उक्त जहाज समुन्द्र सतहभन्दा २०० फिट मूनी भेटिएको बताए । जहाजको केही भाग मात्रै फेला परेको उनले बताए ।

140 year loss ship find in mishiginको लागि तस्बिर परिणाम

पेशेटिगो र सेन्ट एन्ड्रयूज नाम गरेको जहाजमा बेपत्ता भएको समयमा दुई–दुई जना क्रुका कर्मचारी थिए । इतिहासकार हेलस्ट्रोमका अनुसार जहाज खोज्नको लागि उनीहरुलाई थुप्रै गोताखोरको आवश्यता परेको थियो ।

पेशेटिगो जहाज १६१ फिट लामो थियो भने सेन्ट एन्ड्रयूज १४३ फिट लामो थियो । यी दुवै जहाज कोइला ढुवानी गर्न प्रयोग गरिदै आएको थियो । कुनै ठूलो चट्टानमा ठोकिएको कारण जहाज डुबेको बताइएको थियो ।

यो जहाज भेटिनुलाई अमेरिकाका समुन्द्र इतिहासकारहरुले ठूलो उपलब्धि भएको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata