निजामती कर्मचारी अस्पतालमा बेथिति

बिहिबार, असार १९, २०७६



सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल (निजामति कर्मचारी अस्पताल) झन्डै ९ करोड रुपैयाँ घाटामा गएको छ ।

अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो । घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो ।

अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पताल अहिले झन्डै ९ करोड रुपैयाँ घाटामा छ । अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पताल व्यवस्थापनका क्रममा आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो ।

अस्पतालकी प्रशासकीय अधिकृत नेपालले भनिन्, ‘हामीले निजामती कर्मचारीलाई सहुलियत दिँदै आएका छौं । तर, सरकारले सोबापत हामीलाई बजेट उपलब्ध गराउँदैन ।’

उता, अस्पताल घाटामा रहे पनि कर्मचारीलाई झन्डै ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको पाइएको छ । प्रोत्साहन भत्ताबारे अस्पतालका प्रशासन प्रमुख नेपालले आधारभूत तलबभन्दा कर्मचारीहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको बताइन् ।

उनले भनिन्, ‘३ सय ३४ जना कर्मचारीलाई कामको मूल्याकंनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउँछौं । अस्पतालको सेवाबाट उपलब्ध भएको कुल रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ता शीर्षकमा खर्च हुन्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank