अंगीकृत नागरिकता प्राप्त गर्ने समय सात वर्ष प्रस्ताव

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं । अंगीकृत नागरिकलाई नागरिकता दिने विषयमा सरकारले आफ्नो छलफल अघि बढाएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जारी नागरिकता विधेयक माथिको छलफलमा सरकारले अंगीकृत नागरिकता प्राप्त गर्ने समय सात वर्ष हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको सात वर्ष पश्चात मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनु पर्ने प्रस्ताव गरिएकाे हो । नागरिकता प्राप्त नहुञ्जेलसम्मका लागि उनीहरुलाई वैवाहिक परिचयपत्र प्रदान गर्नु पर्ने विषयमा छलफल भएको छ ।

नागरिकता विधेयक पेचिलो बन्दै गएको समयमा सरकारले ल्याएको नयाँ अवधारणामा छलफल जारी रहेको छ।विदेशबाट विवाह गरेर आएकी महिलालाई ७ वर्षपछि नागरिकता दिने तर राजनीतिक अधिकार भने त्यसको  ७ वर्षपछि मात्रै पाउने गरी सरकारले दोस्रो विकल्प पनि अघि सारेको छ। त्यस्तै विदेशी पुरुषका हकमा भने विवाह गरेको १५ वर्षसम्म नेपालमा बस्नु पर्ने विकल्प अघि सारिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata