गैर नेपालीलाई नागरिकता दिएको अभियोगमा पाँच पक्राउ

सोमवार, भदौ १६, २०७६



काठमाडौं । गैर नेपालीलाई नागरिकता दिएको अभियोगमा खरिदार सहित पाँच जना पक्राउ पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् ।

आर्थिक प्रलोभनमा परि १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोप लागेको छ । प्रहरीले उनीहरुलाई आईतबार राती नियन्त्रणमा लगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले यस अघि जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानविन शुरु गरेको थियो ।

निलम्बनमा पर्ने जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata