देव आयोगले बाँडेका नागरिकता विरुद्ध सर्वाेच्च अदालतको अन्तरिम आदेश

शुक्रबार, बैशाख १३, २०७६



काठमाडौं । वि.स. २०५४ सालमा जितेन्द्र नारायण देव आयोगकाे सिफारिसमा  वितरण गरिएका नागरिकताकाे विरुद्ध सर्वाेच्च अदालतमा परेकाे रिटकाे बारेमा अदालतले  अन्तरिम आदेश जारी गरेको छ ।

देव आयोगको सिफारिसमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई  वंशजको  आधारमा नागरिकता दिनु भन्ने गृहमन्त्रालयको परिपत्र पछि परेको रिटमा सर्वाैच्च अदालतले उक्त आदेश दिएको हो । गत मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ०५४ सालमा कानूनविपरीत वितरण गरिएका  ३४ हजार ९० नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको थियो ।

सर्वोच्च अदालतले ०५४ सालमा कानूनविपरीत वितरण भएको ठहरिएको र सर्वोच्च अदालतको खारेज गर्न आदेश दिएको नागरिकता खारेज नगर्नुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको थियाे ।

शुक्रबार बसेकाे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको हो ।  नागरिकता वितरण गर्न गठन भएको जितेन्द्र नारायण देवको नेतृत्वले सिफारिस गरेका गैरकानुनी नागरिकले प्राप्त गरेका नागरिकता  रद्द गर्नु भन्ने फैसलाको कार्यान्वयन नभएको भन्दै नागरिकता तत्काल वितरणमा रोक लगाउने आदेश जारी गरेको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank