सिण्डिकेट अन्त्य भएको भोलिपल्ट नयाँ बसपार्कमा अर्को सिन्डिकेट

मङ्लबार, बैशाख २५, २०७५



सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट काठमाडौं बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार सुरु भएको छ । उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका छन् । यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा मंगलबारदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ ।

ल्होत्सेले २०५७ सालमा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । ल्होत्सेलाई काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइलगायत व्यवस्थापनको काम दिएको हो । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउँछन् । यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् ।
 
ल्होत्सेले तोकिएभन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आएका रामबहादुर थापा बताउँछन् । यातायात व्यवसायी भने सबै कामको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै रहेको बताउँछन् ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला सरकारले द्रुत गतिमा काम गरी यातायात व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् । यातायात व्यवसायीले समयसारिणी लागू नहुने सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै आयोजना भएको पत्रकार सम्मेलनमा सार्वजनिक घोषणा गरेका थिए ।रासस
181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank