पुडासैनी आत्महत्या प्रकरण: सिआइबीको टोली चितवन प्रस्थान

सोमवार, भदौ २, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्ररकण अनुसन्धानको लागि सिआइबीको टोली चितवन प्रस्थान गरेको छ ।

पत्रकार आत्महत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआइबी’का चार जनाको टोली अनुसन्धानका लागि चितवन गएको हो । पुडासैनीले आत्महत्या गर्नु पूर्व न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्ताेता पत्रकार रवि लामिछाने सहित तीन जनाको नाम किटानी गरेसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरि  अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीको माग बमोजिम  उक्त घटनामा जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेसँगै अनुसन्धान  प्रक्रिया अघि बढाइएको छ।

आइतबार पुडासैनीको श्रीमतीले रवि लामिछाने सहित तीन जना विरुद्ध किटानी जाहेरी दर्ता गरेकी छन ।

पुडासैनीको श्रीमती सम्झना घिमिरेले लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसर मार्फत चितवन प्रहरीमा जाहेरी दिएकी  थिइन।

सम्झनाले लामिछाने, युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेको प्रहरीले जानकारी दिएको छ । पुडासैनीकाे मृत शरिर झुण्डिएकाे अवस्थामा फेला परेसँगै अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

रवि लामिछाने पक्राउको विषयलाई लिएर उनका समर्थकहरुले विरोध प्रर्दशन गर्दै आएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata