चुनाव !

सोमवार, असार ३०, २०७६

- सीता ओझा



लघु कथा — चुनाव

द्वन्द्व र पिडाले छट्पटीएको शिवराम निकै लामो समय अगीदेखि विदेशीएका थिए ।

दलिय सहकार्य र गठबन्धनको राजनीति प्रयासले दलिय सहकार्य भएकै कारण देशको व्यवस्था र राजनीतिक प्रणाली परिवर्तन भएकोमा खुसि मनाउन यो पटक निर्वाचनलाई केन्द्रमा राखेर शिवराम घर फर्केको थिए।

गाँउका सबै निर्वाचनको प्रयोजनको प्रचार प्रसार र घर दैलोमा बेस्त थिए । आफ्नै घरका पनि मन पर्ने उम्मेदवारको प्रचारप्रसारमा बिहानै हिडेकाले शिवराम घरमा एकलै आराम गरिरहेका थिए ।

 “बुझ्लियो काका, भोट बढे मालिके चिन्ह मे ददियो ! दायाँबायाँ न करू हँ ! बता देने छे । ” 

एक्कासी बाहिर ढोका ढङढङ…… गर्दै रामस्वरूप करायो ।

रामस्वरूपको आवज सुनेर  ” पख, पख म आउदैछु ।” भन्दै शिवरामले ढोका खोल्न गए  ।

ढोका खोल्न ढिला गरेकोले रामस्वरूपले बाहिरैबाट खुट्टा बाधेको जिउँदो कुखुरो शिवरामको घरभित्र हुइक्यायो ।

भित्री ढोकाबाट बाहिर आउदै गरेको शिवरामको टाउकैमा लाग्यो ।

” रे बाबू किन फालेको कुखुरा ? लिएर जाउ न ” भन्दै थिए शिवराम, फेरि ढोका बज्यो ।
” काका कतो छिए ? देखुन, आहाँ के खातिर हम्रा बड्के ने मुर्गा भेजल बा, ऐने आब , ऐ  रखु रखु, हम् दुसर के मे जभ्ये ।

” सम्झु फोट के सौगात भेजल बा । ”  भन्दै जोगेन्दर पनि साइकलमा हुइकियो ।

शिवराम जिल्ल परेर ढोकाको छेउमा पुगेर तिनै कुखुरा हेर्दै राजनीति भित्रको निष्ठा, सिद्धान्त, जनता र राष्ट्रप्रतिको बफादारी सोच्दै थियो  ।

फेरि ढोका बज्यो ।
ट्याक्टर लिएर आएकाहरूको हुलले शिवरामको ढोका ढङ्ढङ पार्दै ठेले  ।

ढोका फुतै निस्कियो ।

काका हिसाब किताब चुनाव के वाद , हँ !  समझ्ना, एक  पटक चुनाव जितवे तब देखु हँ ! “

ट्याक्टरे हुल, ढोका टेक्दै ढोकै भित्र छिरे र हातैमा कुखुरो दिदै, “बुझ्लियो काका, भोट बढे मालिके चिन्ह मे ददियो ! दायाँबायाँ न करू हँ ! बता देने छे । “

” बढे मालिक ने चुनाव हार गेले तो  पिटबा चल्तै । बुझ्लियो । ” भन्दै हातले ठेल्दै हिडे ।
ट्याक्टरले शिवरामको  पचास हजार लगाएर बनाएको ढोकै स्वाहा पर्यो ।

” के गरेको रे बाबू ! ढोका खतम भयो । धत तेरि ……..! ”  शिवरामले भनेको कसैले सुनेनन् ।

जिल्ल परेको शिवराम एक शब्द नबोलि भित्र छिर्यो । आजै घरमा कोहि नभएको, ढोका धुलोपिठो भयो ।

दासको (माछामासु नखाने, प्रणामी )घरमा कुखुरै कुखुरा; कस्तो दुखद कुरा ! छि:छि: भन्दै शिवराम भित्रबाहिर गरेर गनथनाइ रहे ।

मालिकको चुनावको लागि गरीवको घरद्वार नै साफ गरिदने कस्तो चला हो भन्ने सोचेर छट्पटाए, यताउता हेरे, कोहि त थिएनन् ।

घरै अशुद्ध बनाइ दिएकोमा शिवरामलाई के गरौँ कसो गरौं भइरहेको थियो ।

उपेन्दर कराउदै आयो र  साइकलबाट निकालेर हातैमा पकाएको मासु, चिउरा र एक बन्डेल नोट सहितको पोको  नै थमाइ दियो । र भन्यो, ” काका हिसाब किताब चुनाव के वाद , हँ !  समझ्ना, एक  पटक चुनाव जितवे तब देखु हँ ! ”
उसको साइकल त्यस्तै पोकाहरूले भरिएको थियो ।

शिवरामले चुपचाप मासुको पोको र पैसा समात्यो र उपेन्दरलाई हेरिरह्यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata