एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै ‘क्रिस गेल’

बिहिबार, असार १२, २०७६



एजेन्सी । वेस्ट इन्डिजका लेफ्ट ह्याण्नडेड ब्याट्सम्यान क्रिस्टोफर हेनरी गेल(क्रिस गेल)ले एकदिवसीय विश्वकप क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

किंग्सटोन, जमैकामा २१ सेप्टेम्बर, १९७९ मा जन्मिएका ३९ वर्ष २७९ दिनका गेलले वेस्ट इन्डिजको निम्ति एकदिवसीय विश्वकप क्रिकेटमा १० हजार ३४५ रन बनाएका छन् र २५ शतक हानेका छन् । सन्यासको क्रममा रहेका गेलले भने, ” म भारतविरुद्ध अगस्टमा एकदिवसीय क्रिकेट खेल्नेछुु तर टी–ट्वान्टी भने खेल्ने छैन । ”

सन् २०१४ को सेप्टेम्बर महिनादेखि टेस्ट क्रिकेटलाई अलबिदा गरेका गेलले  सन् २०१५ मा जिम्वावेविरुद्ध एकदिवसीय क्रिकेटमा २१५ रन हानेका थिए । एकदिवसीय क्रिकेटमा दुुई सय रन हान्ने ६ खेलाडीमध्ये आफ्नो नाम समावेश गरेका गेल  ट्वान्टीट्वान्टी क्रिकेटमा बलरहरुको निम्ति आतंक बन्दै आइरहेका छन् ।

टेस्ट क्रिकेटमा ७२१४ रन बनाउने क्रममा १७ शतक र ३७ अर्धशतक हानेका गेलले एकदिवसीय क्रिकेटमा २५ शतक र ५३ अर्धशतक हिर्काउन भ्याइसकेका छन् । ट्वान्टीट्वान्टी क्रिकेटमा १३,०५४ रन हिर्काएका गेलले २१  शतक र ८० अर्धशतकको खिताब केवल आफ्नो नाममा मात्र राख्न सफल भएका छन् । टि-ट्वान्टी इन्टरनेशनलमा २ शतक र १३ अर्धशतक हिर्काएका गेल क्रिकेटका हरेक प्रारुपमा आफ्नो क्षमता प्रदशर्न गर्न सफल भएका छन् ।

बलिङ तर्फ टेस्ट म्याचमा ७३ विकेट, एकदिवसीय खेलमा १६६ विकेट, टि-ट्वान्टी इन्टरनेशनलमा १७ विकेट र ट्वान्टीट्वान्टीमा ८० विकेट लिन सफल भएका गेल अलराउण्डर खेलाडी मानिन्छन् । क्रिकेट प्रेमी, शुभेच्छुकहरुले सदासर्वदा नाम लिने एक क्रिकेट खेलाडीमा आफ्नो  नाम समावेश गरेका गेल अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिन तयार भएसँगै क्रिकेटप्रेमीहरु नमिठो मानिरहेका छन् । तथापि गेलको खेलबाट भरपुर आनन्द उठाएका क्रिकेटप्रेमीहरुले गेललाई सदासर्वदा सम्झीरहनेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank