दिनदहाडै सांसदको निवासबाट नगद र गरगहना चोरी

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । काठमाडौंबाट दिनदहाडैं सांसदको कोठाबाट चोरी भएको छ । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको कोठाबाट नगद सहित गरगहना चोरी भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित डेरबाट २ तोला ५ आना बराबरका सुनका गहना ६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र चोरी भएको प्रहरीले जनाएको छ त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबर चोरी भएको छ ।

 सांसद गौतम बस्ने घरमा बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको सांसद गौतमले जनाएका छन ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata