रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ यात्रु घाइते

शनिबार, मंसिर १४, २०७६



चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डक अन्तर्गत गाइघाटमा रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ४ ख ९८१९ नम्बरको बस, बिग्रिएर रोकिराखेको ना ५ ख ९१९७ नम्बरको ट्रकमा राति १२ः३० मा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय, चितवनले जानकारी दिएको छ ।

बसमा ३६ जना यात्रु रहेको र ती मध्ये १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जना गम्भिर रहेका छन् । घाइते सबैलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक नियन्त्रणमा रहे पनि बसचालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata