एकआपसमा मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु

बिहिबार, असार १२, २०७६



चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ स्थित भेटघाटचोकमा  हिजो (बुधबार) साँझ एकआपसमा मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

साँझ ६ बजे ना ५३ प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन्  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata