स्वार्थकाे राजनीति गर्दा छिमेकीले हेपे: अध्यक्ष केसी

बुधबार, कार्तिक २७, २०७६



 भैरहवा। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिगत स्वार्थकाे राजनीति गर्दा छिमेकीले हेपेको बताएका छन । बुधबार प्रगतिशील पत्रकार संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्ट्रियता विर्सदै व्यक्तिगत स्वार्थको राजनीति गर्ने प्रवृतिका कारण भारतले हेप्ने गरेको गुनासो गरे ।

भारतले नेपालको अभिन्न अंग रहेको कालापानी, लिपुलेक र लिपीयाधुरा जस्ता ठूला भूभागहरू भारतीय नक्सामा समावेश गरिनु नेपाली जनताको लागि चिन्ताको विषय भएको उनले बताए । भारतले मिचेका सीमा स्तम्भ र नक्साबारे सरकारले छिट्टै कुटनीतिक तवरबाट टुङ्ग्याउनु पर्ने उनकाे सुझाव थियाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata