उपत्यकासहित देशभर चिसो बढ्यो, काठमाडौं ५.५ डिग्रीमा झर्यो

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं ।  मौसममा आएको बदलीसँगै उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज  बिहान ०६:३० बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको  छ ।

बुधबार उपत्यकाको तापक्रम ५.८  डिग्री सेल्सियस रहेको थियो ।

यससँगै मुलुकका विभिन्न स्थानमा पनि तापक्रम घट्दो क्रममा रहेको छ ।  मौसमविद गंगा नगरकोटीका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको छ, जहाँ आज  माइनस ४ डिग्रीसेल्सियस तापक्रम रहेको छ ।

तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।  हुस्सु र कुहिरोको कारण भिजिबिलिटी पनि कम भएको छ ।

 

आगामी २४ घण्टासम्म शितलहरको सम्भावना भने नरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments