देशभर मौसम बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा

बिहिबार, पुस २४, २०७६



काठमाडौं  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज(बिहिबार) देशभरको मौसम बदली भएको छ । मौसम बदलीसँगै देशका कतिपय क्षेत्रमा वर्षा समेत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपातको सम्भावना छ ।

यसैगरी बिहीबार राति पनि देशका मध्य तथा पूर्वी भागमा सामान्य बदली तथा पश्चिमका भागमा आंशिक बदली रही पश्चिमका एक–दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

शुक्रबार पनि मौसम बदली नै हुने जनाइएको छ । बदली तथा वर्षा भएका कारण अधिकताम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक रहेकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments