बिहानको समय घाम नलाग्दा दिनभर चिसो

सोमवार, पुस ७, २०७६



काठमाडौं । देशभर चिसो बढेको छ । तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा उच्च पहाडी क्षेत्रमा पनि कुहिरो  लागेको छ ।

 बिहानको समयमा राम्रोसँग घाम नलाग्दा  तापक्रममा गिरावट आई चिसो देखिएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखालेचिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो पश्चिम, मध्य र पूर्वी तराईमा दिउँसो सम्ममा हट्ने जनाएको छ । आगामी तीन दिनसम्म पूर्वी पहाडी भेगमा मौसममा सामान्य बदली हुने भए पनि बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments