कृषिलाई प्राथमिकतामा राखेर जनमुखि कार्यक्रम ल्याउँन मुख्यमन्त्री भट्टको आग्रह

शुक्रबार, चैत्र १६, २०७४



धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट् कृषिलाई प्राथमिकतामा राखेर जनमुखि कार्यक्रम र योजना बनाउन मन्त्रालय मातहतका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय योजनातर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषिबाट मात्रै स्वरोजगारी प्राप्त गर्न सकिने भएकोले कृषिलाई प्राथमिकतामा राखेर योजनातर्जुमा गर्नुपर्ने बताए ।

उनले हिमाल,पहाड र तराई मिलेर बनेको ७ नम्बर प्रदेशमा कृषिको अथाह संभावना भएको बताउँदै कृषिलाई व्यावसायिकतातर्फ उन्मुख गराउन प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याउने बताए । उनले प्रदेश सरकारले बजेट र कानुन निर्माण गरिरहेकोले त्यसमा सल्लाह सुझाव दिएर सहयोग गर्न भने ।

प्रदेश सरकारले भूउपयोग निती अबलम्बन गर्ने गरी कानुन निर्माण गर्ने बताउँदै उनले भने खेतीयोग्य जमिन घरेडीमा विक्री गर्ने प्रचनललाई व्यवस्थित गर्नुपर्छ । उत्पादनशिल क्षेत्रमा बस्ती बसाउने काम भइरहेको छ, त्यसलाई व्यवस्थित गर्न आवश्यक कानुन निर्माण आवश्यक छ उनले बताए ।

प्रदेश ७ मा सुकुम्बासी, मुक्तकमैया, हलिया, बाढीपीडित लगायतका थुप्रै समस्या भएकोले उनीहरुको व्यवस्थापनका लागि पहल गरिने मुख्यमन्त्री भट्ट्को भनाइ छ ।

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश ७ जल, जमिन, वन, प्राकृतिक स्रोत साधनले धनी भएको बताउँदै यो प्रदेशको समृद्धिका लागि ती स्रोतसाधनको दोहोन गरे आर्थिक सम्बृद्धि हासिल गर्न सकिने बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको अध्यक्षता मन्त्री विनिता चौधरीले गरेकी थिइन् ।

42 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank