कायममुकायम गर्भनरकाे रुपमा चिन्तामणिले थाले काम

बुधबार, चैत्र ५, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरबाट डा‍ चिरञ्जिबी नेपाल अवकाश भएपछि कामु गभर्नरको जिम्मेवारी बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ।
कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बुधबारबाट पद सम्हालेका छन् ।

मंगलबार सरकारले पत्र पठाएर शिवाकोटीलाई कायममुकायमको पद सम्हाल्न आग्रह गरेको थियो । डा. चिरञ्जीवी नेपालको आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद सम्हालेका हुन । एक महिना अगाडि नै सिफारिस समितिले नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने भए पनि सिफारिस हुन नसक्दा कायममुकायमको जिम्मा शिवाकोटीलाई दिनु परेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments