यौन शोषणको आरोपमा पक्राउ परे भारतका पूर्व गृहमन्त्री

शुक्रबार, अशोज ३, २०७६



एजेन्सी । भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द आफ्नो आश्रमबाट पक्राउ परेका छन् । विशेष जाँच दल(एसआइटी)को समूहले  शुक्रबार लखनउस्थित उनको घरबाट  गिरफ्तार गरेको हो । उनको मेडिकल परिक्षण गरेपछि गिरफ्तारीको घोषणा हुन सक्ने जनाइएको छ ।

उनलाई यौन शोषणको आरोपमा एसआइटीले गिरफ्तार गरेको हो । शाहजहाँपुरस्थित एसएस ल कलेजमा पढ्ने एक छात्राले उनीमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । छात्राको परिवारले प्रहरीले आफूहरुलाई सहयोग नगरेको आरोप लगाउँदै आएको थियो ।

चिन्मयानन्द पूर्व गृहराज्यमन्त्री हुन् । बुधबार उनले कुनै युवतीलाई मसाज गर्न लगाइरहेको र उनी मोबाइलमा केही टाइप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि अप्ठेरोमा परेका थिए ।  उनका प्रवक्ता ओम सिंहले पनि यो मामिलामा एफआइआर दर्ता गरेका थिए । प्रहरीले उनीमाथि अपहरण र धम्कीको मामिला पनि दर्ता गरेको थियो ।

भारतको सत्तारुढ पार्टी भाजपाका पूर्व सांसद स्वामी चिन्मयानन्द अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा गृहराज्यमन्त्री थिए । ८ वर्ष अघिपनि शाहजहापुरकी एक महिलाले स्वामीका विरुद्ध यौन शोषणको मुद्धा दर्ता गरेकी थिइन् । महिला स्वामीकै आश्रममा रहने गरेकी थिइन् ।

बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata