व्यापार वार्ता गर्न उपप्रधानमन्त्री लिउ अमेरिका जाँदै

मङ्लबार, बैशाख २४, २०७६



 बेजिङ । चीनियाँ उपप्रधानमन्त्री लिउ अमेरिकासंग व्यापार वार्ता जारी राख्न बिहिबार संयुक्त राज्य अमेरिका जाने  भएका छन् । उपप्रधानमन्त्री लिउको दुई दिवसीय यात्रालाई वाणिज्य मन्त्रालयले स्वीकृत गरेको चीनिया समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतमा घोषणा गरेको करका दरहरुका बारेमा थप छलफल गर्न उपप्रधानमन्त्री लिउ त्यसतर्फ जान लागेका हुन् । चीनले अमेरिका निर्यात गर्ने करिब २०० मिलियन डलरका सामानहरु माथि १० देखि २५ प्रतिशतसम्म कर बढाउने राष्ट्रपति ट्रम्पको घोषणा पछी अमेरिका चीन व्यापारमा लामो समय देखि विवाद हुँदै आइरहेको छ ।

विगत लामो समयदेखि चीन अमेरिका व्यापार वार्ता जारी रहे पनि टुङ्गोमा पुग्न भने सकिरहेको छैन । उपप्रधानमन्त्री लिउको पछिल्लो दुई दिने अमेरिका भ्रमणले चीन अमेरिका व्यापार वार्ता सकरात्मक ढंगले टुंगिने अपेक्षा दुवै देशले राखेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank