मार्क्सवादका अनुयायीका लागि हामी सधैँ अभिभावक बन्नेछौँः चिनियाँ राष्ट्रपति सी

सन्दर्भः कार्ल माक्र्सको २०० औँ जन्मजयन्ती

शनिबार, बैशाख २२, २०७५



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनले मार्क्सवादलाई अनुसरण गरिरहने बताएका छन् । ‘चीनले मार्क्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ’ सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ को औपचारिक भ्रमणका समय उक्त धारणा राखेका हुन् ।

दशकौँको बजार केन्द्रित विकासका वाबजुद पनि माक्र्सवादको अहिलेपनि चीनमा प्रभावकारी अभ्यास भइरहेको र यसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित गरेको छ ।

चीनका विद्यार्थीले मार्क्स र लेनिनको सिद्धान्तलाई माध्यमिक तहमा अध्ययन गरिरहेको, कर्मचारी तथा राज्य सञ्चालित सञ्चारमाध्यमका पत्रकारहरूले समेत अध्ययन गर्नेगरेको सीले बताए ।

कर्मचारी तथा राज्यसञ्चालित सञ्चारमाध्यमका पत्रकारको बढुवाका लागि माक्र्सवाद अध्ययन कानूनी रूपमा अनिवार्य रहेको उनको भनाइ थियो ।

जर्मनीमा भएको सामाजिक क्रान्तीका दार्शनिकको सिद्धान्त जर्मनी लगायत विश्वका धेरै मुलुकमा निर्विवादित बन्न नसके पनि विश्वभर उनको दर्शनलाई अहिले पनि ठूलो जनसङ्ख्याले अनुशरण गर्ने गरेको पाइन्छ ।

चीन सोभियत संघको विघटनपछि विशिष्ट प्रकारको समाजवादी व्यवस्था भएको भिन्न मुलुक रहेको र राज्यद्वारा लगानी भएका कम्पनीको उत्पादनको चिनियाँ बजारमा एकाधिकार रहेको छ । चीन विश्वका ३७० जनाभन्दा बढी विश्वकै अति धनाड्य व्यक्ति भएको अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो ।

238 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank