अमेरिकाले चाइनिज भाइरस होइन कोभिड-१९ भन्न सिकोस्- चिनियाँ राजदुत

सोमवार, चैत्र १०, २०७६



एजेन्सी । चिनियाँ राजदूत कुई टियानकाईले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा  दिइएको कोभिड-१९(नोवेल कोरोना भाइरस) नै नाम लिन संयुक्त राज्य अमेरिका र सम्बन्धित अधिकारीहरूलाई आह्वान गरेका छन् ।

विश्वव्यापी महामारी कोभिड-१९ लाई अमेरिका सरकार र राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक-पटक ‘चाइना भाइरस’, ‘वुहान भाइरस’ जस्ता पदावली प्रयोग गरेकोमा आपत्ति जनाउँदै चिनियाँ राजदुत टियानकाईले यस्तो आग्रह गरेका हुन् ।

आइतबार प्रसारित गरिएको एचबीओको एक्सिसियोसँगको एक अन्तर्वार्तामा राजदूत कुईले उक्त टिप्पणी गरेका हुन् ।

“म व्हाइट हाउसका प्रवक्ता होइन, तर मलाई लाग्छ विश्व स्वास्थ्य संगठनको एउटा नियम छ । उनीहरू जब कुनै नयाँ भाइरसको नाम राख्छन्, तब व्यक्तिलाई प्रभावित पार्ने कुनै खास स्थान या ठाउँको नामलाई प्रथामिकता दिदैंनन् । कुनै पनि नयाँ भाइरसको नाम राख्ने क्रममा समाज, धर्म या राष्ट्रियतामाथि प्रत्यक्ष प्रभाव पार्ने पदावली प्रयोग गर्दैनन् । यतिसम्म कि जनावार या बोटविरुवाको नाम समेत प्रयोग गर्न पाइदैन” कुईले भने,  “त्यसैले आशा छ कि सबैले डब्ल्यूएचओ नियम को पालना गर्नेछन् ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments