थप दुई चिनियाँ जहाज नेपाल भित्रिँदै

सोमवार, माघ २९, २०७४



काठमाडौँ । नेपाल वायुसेवा निगमले थप दुई चिनियाँ जहाज मंगलबार ल्याउँदै छ । नेपाल वायुसेवा निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये ल्याउन बाँकी दुई ‘वाई १२ई’ जहाज मंगलबार आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

यी दुई जहाज नेपाल ल्याउन अहिले निगमको प्राविधिक र पाइलट सम्मिलित टोली चीन गएको छ । उक्त टोलीले जहाज निर्माता कम्पनीसँगको समन्वयमा जहाज नेपाल ल्याउन लागेको श्रेष्ठले बताए । चीनको हेलुंगजांग प्रान्तस्थित हर्विन सहरबाट म्यानमारको आकाश हुँदै जहाज नेपाल आउन लागेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

चीनबाट दुई जहाज आएसँगै नेपालको आन्तरिक उडानमा चिनियाँ जहाजको संख्या ६ पुग्नेछ । ६ वटा जहाजमध्ये चिनियाँ सरकारको अनुदानमा (एक ‘एमए ६०’ र एक ‘वाई–१२ई’) भित्रिएका हुन् । एउटा ‘एमए ६०’ र तीन ‘वाई–१२ई’ सहुलियतपूर्ण ऋणमा खरिद गरिएको हो ।

यसमध्ये ‘वाई–१२ई’ १७ सिट क्षमताको जहाज हो । एमए–६० भने ५६ सिट क्षमताको जहाज हो । जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङलाई तिर्न बाँकी ३० प्रतिशत रकम भुक्तानी प्रक्रिया टुंगिएपछि जहाज नेपाल भित्रन लागेका हुन् ।

६ करोड ५० लाख चिनियाँ युआन (झन्डै १ अर्ब २ करोड रुपैयाँ) रकम नेपाल सरकारले चिनियाँ एक्जिम बैंकमार्फत जहाज निर्माता कम्पनीलाई तिरेपछि यी दुई जहाज नेपाल आउने बाटो खुलेको हो ।

293 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank